Headlines News :
Home » » नेपाल अखण्ड हो, बाँकी कुनैपनि क्षेत्र अखण्ड रहन सक्दैनः बाबुराम

नेपाल अखण्ड हो, बाँकी कुनैपनि क्षेत्र अखण्ड रहन सक्दैनः बाबुराम

Written By Unknown on Wednesday, August 12, 2015 | 4:28 AM

२७ साउन, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संयुक्त पहिचानका आधारमा ६ प्रदेश निर्माण गरिएको बताएका छन् ।
Baburam-in-samsad
संवाद समितिले पेस गरेको प्रतिवेदनमाथि सभासद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै भट्टरार्इले पहिचानका पाँच र सामर्थ्यका चार आधारमा संघीय राज्यको निर्माण गरिएको बताए । उनले भने, “नेपाल अखण्ड हो, त्यसभित्रका संरचना तयार गर्दा कुनैपनि क्षेत्र अखण्ड रहन सक्दैन ।
जनताको भावना बुझ्नुपर्ने पर्ने भन्दै उनले अहिलेको सीमाङ्कन अन्तिम नभएको र आगामी दिनमा आवश्यक फेरबदल गर्न सकिने बताए । थारुवान, मगर बाहुल्य क्षेत्र, तराईका विषयमा उठेका प्रश्न शीघ्र टुङ्गो लगाइने भट्टरार्इले भने, आन्दोलन नगरौँ, सहमति भनेको सर्वसम्मति होइन,यथेष्ट सहमति हो, त्यो कायम गरेर अगाडि बढ्नुपर्छ ।’
जातीय, भाषिक, सांस्कृतिक पहिचान नखबलियोस् भनेर ध्यान दिँदादिँदै पनि केही कमजोरी भएको स्वीकार गर्दै उनले आगामी दिनमा मिलाउँदै जाने प्रतिबद्धता व्यक्त गरे । एउटै प्रदेशभित्र पनि विशेष क्षेत्र बनाइने र सबै जाति तथा वर्गका भावनालाई सम्बोधन गरिने भएकाले हिजोका प्रशासनिक संरचना रहन पनि सक्ने वा परिष्कृत पनि हुन सक्ने उनले बताए ।
सभापति भट्टराईले प्राप्त अधिकार संस्थागत गर्ने र बाँकी अधिकार थप्दै जाने प्रक्रियाका आधारमा अगाडि बढ्ने भएकाले संविधान लेखन प्रक्रियालाई सोही रुपमा बुझिदिन आग्रह गरे ।‘भोकाएकाले डाँडावारी खाउँ, अघाएकाले डाँडापारी खाउँ’ भनेकामा ‘भन्ज्याङमा बसेर खाउँ भनेजस्तै शक्ति सन्तुलन अनुसार संविधान बनाउन लागिएको उनको भनाइ थियो ।
गलत मनसायले मध्यपश्चिममा आन्दोलन
त्यसअघि सम्वाद समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै कांग्रेस सभासद पूर्णबहादुर खड्काले गलत मनसायले मध्यपश्चिममा आन्दोलन भइरहेको बताए र
केही सीमित तत्वले राजनीतिक स्वार्थ पूर्ति गर्ने उद्देश्यले सुर्खेतमा अराजनीतिक गतिविधि गर्दा अनाहकमा तीनजना व्यक्तिले ज्यान गुमाउनु परेको बताए ।
उनले बताए र थारुवान, मगरात तथा कर्णाली अञ्चललाई स्वायत्त क्षेत्रको रुपमा राखेर सम्बोधन गर्न सकिने उल्लेख गर्दै उनले समस्या समाधानको विभिन्न विकल्प भए पनि जनभावनामा खेलबाड नगर्न आग्रह गरे ।
- See more at: http://www.onlinekhabar.com/2015/08/311173/#sthash.iY2OmFSy.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar