Headlines News :
Home » » कमल थापा र कमलनयनाचार्यमा को शीर्ष ?

कमल थापा र कमलनयनाचार्यमा को शीर्ष ?

Written By Unknown on Thursday, August 13, 2015 | 3:46 AM

अरुण बराल
२८ साउन, काठमाडौं । राजा (राजनेता) र  ऋषि (जोगी) मध्ये को शीर्षस्थानमा रहने भन्ने विवाद अहिलेको होइन । वैदिककालदेखि नै राजा र ब्राह्मणवीच मनोवैज्ञानिक शक्ति संघर्ष हुँदै आएको छ । यसैसाता खुल्लामञ्चमा आयोजित ‘धर्मसभा‘मा पनि यही विवादको निरन्तरता देखियो ।
Kamal-Thapa-Kamal-Nayan-Acharya
स्वामी रामानन्द गिरी, कमलनयनाचार्य, बालसन्त महाराजलगायतका दर्जनौं धर्मगुरुहरु सहभागी रहेको खुल्लामञ्चको धर्मसभामा कमल थापा र उनको राप्रपा नेपाललाई कूटनीतिक धम्की दिने कामसमेत भयो । नेपालमा हिन्दु राष्ट्रको नारालाई स्थापित गराउन भूमिका खेलेका थापालाई जोगीहरुले खुल्लामञ्चबाटै मौन कूटनीतिक चुनौती दिए ।
एकजना क्षेत्रीय र उनको पार्टीले अघि सारेको हिन्दुराष्ट्रको माग जब ब्राह्मण र  जोगीहरुको जिम्मामा आइपुग्यो, त्यसलाई विद्रूप बनाइयो र कमल थापालाई ठाडै लल्कार्ने काम गरियो । जसले गर्दा अहिले कमल थापाले उठाउँदै आएको हिन्दुराष्ट्रको नारालाई बिद्रूप एवं हिंसात्मक बनाउने प्रयास भइरहेको छ, जसमा भारतीयहरुले समेत खुमबहादुर खड्कामार्फत् धूप हाल्ने काम गरिरहेको तथ्यले देखाएका छन् ।
खुल्लामञ्चमा के भयो ?
खुल्लामञ्चमा आयोजित ‘धर्मसभा’ गैरराजनीतिक हुने माइकिङ गरिएको थियो । तर, धर्मसभामा राप्रपा नेपालले कारवाही गरेका लावती समूहका उपाध्यक्ष दिलविकास राजभण्डारीले समेत मन्तव्य व्यक्त गरेर गैरराजनीतिक सभासलाई राजनीतिक बनाइदिए ।
नेपालमा हिन्दु राष्ट्रको नारा स्थापित गर्ने कमल थापालाई राजनीतिक व्यक्ति भएकाले मञ्च नदिएको बताएर साधुसन्तहरुले विद्रोही राप्रपा नेपालका नेतालाई मञ्च प्रदान गरे । यसको स्पष्ट सन्देस थियो, हामीलाई कमल थापा स्वीकार्य छैन र हामी विद्रोही राप्रपा नेपालनिकट छौं ।
Birat Dharma Sava at Kathmandu  (25)
उक्त दिनको कार्यक्रमबारे स्मरण गर्दै विद्रोही राप्रपा नेपालका नेता दिलविकास श्रेष्ठ भन्छन्- ‘मैले मञ्चबाटै कमल थापाको विरोध गर्ने सोचेको थिएँ, तर, बोल्ने समय नै थोरै भएकाले केही भन्न पाइँन ।’
साधुहरुको गैरराजनीतिक धर्मसभामा भाषण गरेका दिलविकासले अनलाइनखबरसँग यो पनि भने कि ‘अब कमल थापालाई खुमबहादुर खड्काले टपिसके ।’
स्रोतको दाबीअनुसार राप्रपा नेपालको पार्टी कार्यालयका लागि जग्गा प्रदान गरेका एवं दरबारमार्गमा येल्लो प्यागोडा होटल चलाउँदै आएका विद्रोही राप्रपा नेपालका नेता श्रेष्ठ पैसावाल मान्छे भएकाले उनले साधुहरुको सभालाई आर्थिक सहयोगसमेत गरेका थिए । सोही आधारमा उनलाई स्टेजमा लगिएको थियो ।
कमल थापाको नारा ‘क्यास’ गर्ने प्रयास
नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने नारा ०६३ सालदेखि नै कमल थापा र उनको पार्टीले उठाउँदै आएको हो । कठिन परिस्थितिमा समेत थापाले कहिले रथ यात्रा गरेर त कहिले अन्य कार्यक्रमहरु गरेर यो नारालाई ‘राष्ट्रिय मुद्दा’ बनाएका हुन् ।
संविधानसभामा पनि यसका लागि थापाले निकै ठूलो संघर्ष गरेका छन् । यो नाराका लागि राप्रपा नेपालका नेताहरुको टाउको फुटेको छ, उनीहरुले रगतसमेत बगाएका छन् ।
भेष र सिँगारले मात्रै योगीजस्ता देखिने तर, व्यवहारले अवसरवादी एवं उग्र नेताजस्तै लाग्ने कमलनयनाचार्य पनि राप्रपा नेपालले जन्माएको ‘हिन्दुराष्ट्र’को नारामा रातारात ‘हिरो’ बन्ने अभियानमा लागेका छन्
तर, यतिबेला केही व्यापारीबाट प्रयोजित जोगीले कमल थापालाई नै बाइपास गर्दै हिन्दुराष्ट्रका नाममा आमसभाहरु गर्ने र देशका कतिपय स्थानमा अशान्तिसमेत मच्चाउन थालेका छन् । उनीहरु कमल थापाले बनाएको नारामा टेकेर रातारात नेता बन्ने सपना बुनिरहेका छन् । र, यसमा कांग्रेस नेता खुमबहादुर खड्कासमेत लागिपरेका छन् ।
कांग्रेस नेता खड्काले आफूनिकट केही नेतासँग भन्ने गरेका छन् कि हिन्दुराष्ट्रको नारामा कमल थापालाई मात्रै एकलौटी गर्न दिनुहुँदैन, यो नारामा नेपाली कांग्रेसले हस्तक्षेप गर्नुपर्छ, ता कि हिन्दुधर्मावलम्बी जनमतलाई कांग्रेसमै अड्याउन सकियोस् ।
आगामी महाधिवेशनमा खड्का कांग्रेसको महामन्त्री पदका दाबेदार हुन् ।  कमल थापाकै नारामा लागेका खड्काले यो नाराका आधारमा थापासँग पार्टी एक बनाउने भन्दा पनि नेपाली कांग्रेसमै आफ्नो भविश्य देखिरहेको स्थिति छ ।
कमल थापा स्वतन्त्र राजनीतिक धारको पक्षमा छन् । उनी भ्रष्टाचारीको छवि बनाएका खुमबहादुरसँग मिसिएर बिटुलो बन्ने पक्षमा छैनन् । खड्काजस्तो भड्किएर भारतीयलाई निम्त्याउने पक्षमा थापा देखिँदैनन् ।
कमलनयनाचार्य भर्सेज कमल थापा
भेष र सिँगारले मात्रै योगीजस्ता देखिने तर, व्यवहारले अवसरवादी एवं उग्र नेताजस्तै लाग्ने कमलनयनाचार्य पनि राप्रपा नेपालले जन्माएको ‘हिन्दुराष्ट्र’को नारामा रातारात ‘हिरो’ बन्ने अभियानमा लागेका छन् । यो अभियानमा कमलनयानाचार्यलाई उद्योगी अजय सुमार्गीले भित्री साथ दिएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेको प्रचण्ड र कमलनयनाचार्यको भेटको तारतम्य पनि सुमार्गीमार्फत् नै भएको बताइन्छ । सुमार्गीले नै कमलनयनाचार्यलाई प्रचण्डसँग भेट गराएर विवादमा तानेका हुन् ।
प्रचण्डनिकट व्यापारी सुमार्गी कमल थापाकै गृहजिल्ला हेटौडाका हुन् । यही कारण सुमार्गी कमल थापाको ठाउँमा कमलनयनाचार्यलाई ‘नेता’ बनाउन चाहन्छन् । जबकि कमल थापाको ठाउँमा कमलनयनाचार्य धेरै फुच्चे व्यक्तित्व हुन् ।
कमल थापा प्रचण्डले जसरी कमलनयनाचार्यका सामु झुकेर आशिर्वाद थाप्ने पक्षमा छैनन् ।  राप्रपा नेपालका एक केन्द्रीय सदस्यका अनुसार स्वाभिमानी थापा राजनीतिज्ञ भएकाले उनले अवसरवादी जोगीलाई खासै भाऊ दिएका छैनन् ।
‘यी जोगी आफूलाई भगवानजस्तो ठान्छन्, नेताभन्दा अग्लो ठाउँमा बसेर अभिनय गर्ने तिनको स्वाभाव छ’ राप्रपा नेपालका नेताले अनलाइनखबरसँग भने, ‘कमल थापा क्षेत्रीको छोरा हुन्, उनी किन यस्ता पिपलपाते अवसरवादीसँग झुक्छन् ?’
आफूहरुले हिन्दुराष्ट्रको पक्षमा संघर्ष गर्दै आए पनि गैरराजनीतिक एवं अनुचित प्रकारका गतिविधिमा साथ नदिने राप्रपा नेपालका नेताको प्रतिक्रिया छ । आफूहरु हिंसात्मक उपद्रो मच्चाउने पक्षमा पनि नरहेको उनले बताए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar