Headlines News :
Home » » साढे तीन लाख विद्यार्थीले बीचैमा पढाइ छाडे

साढे तीन लाख विद्यार्थीले बीचैमा पढाइ छाडे

Written By Unknown on Thursday, August 20, 2015 | 7:08 PM

४ भदौ, काठमाडौं । शैक्षिक सत्रको सुरुमा स्कुलमा विद्यार्थी भर्ना गर्न सरकारले अभियान चलाउँदै आएको छ । तर, वर्षभरिमा साढे तीन लाख विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेका छन् । बीचैमा कक्षा छाड्नेमा छात्राभन्दा छात्रको संख्या धेरै छ ।
कक्षा एकदेखि दशसम्म गरी गत वर्ष तीन लाख ४२ हजार ६ सय ३२ विद्यार्थीले बीचैमा कक्षा छाडेको शिक्षा विभागको तथ्यांक छ । कक्षा छाड्नेमा एक लाख ७४ हजार पाँच सय तीन छात्र र एक लाख ६८ हजार एक सय २९ जना छात्रा छन् ।
गत वर्ष कक्षा एकदेखि दशसम्म गरी ७० लाख ७१ हजार विद्यार्थी स्कुल भर्ना भएको विभागको तथ्यांक छ । विगतको तुलनामा गत वर्ष कक्षा छाड्ने विद्यार्थी घटेको शिक्षा मन्त्रालयको दाबी रहेको नयाँ पत्रिकामा खबर छ ।
संख्यात्मक रूपमा धेरै विद्यार्थीले बीचैमा पढाइ छाड्ने जिल्लामा धनुषा, महोत्तरी, सिरहा, बारा, दैलेख, दाङ, कैलाली, काभ्रे, मोरङ, नवलपरासी, रुपन्देही, सुर्खेतलगायतका छन् । प्राथमिक तहमा चार दशमलब दुई प्रतिशत विद्यार्थीले कक्षा छाडेका छन् । कक्षा ६ मा चार दशमलब नौ, सातमा पाँच दशमलब एक, कक्षा आठमा ६ प्रतिशत, कक्षा नौमा चार दशमलब पाँच र दश कक्षामा ६ दशमलब चार प्रतिशत विद्यार्थीले बीचैमा कक्षा छाडेको विभागले जनाएको छ ।
त्यस्तै विकट र हिमाली जिल्लामा धेरै विद्यार्थीले बीचैमा कक्षा छाडेका छन् । प्रतिशतका हिसाबले ०७१ मा सबैभन्दा बढी हुम्लामा प्राथमिक तहमा १७ दशमलब सात, लमजुङमा १५ दशमलब पाँच, धनकुटामा १५ दशमलब चार, डडेल्धुरामा १३ दशमलब ६, डोल्पामा १२, इलाममा ११ दशमलब चार प्रतिशत विद्यार्थीले बीचैमा कक्षा छाडेको विभागको विवरण छ ।
विभागका अनुसार देशभरमा सबैभन्दा बढी कक्षा एकका विद्यार्थीले बीचैमा कक्षा छाडेका छन् । ०७१ मा सबैभन्दा बढी ७३ हजार नौ सय ५१ विद्यार्थीले कक्षा छाडेका छन् । कक्षा एकमा बीचमै पढाइ छाड्नेमा छात्रभन्दा छात्रा धेरै छन् । ३९ हजार एक सय ९५ छात्रा र ३४ हजार सात सय ५६ जना छात्रले कक्षा एकको पढाइ बीचैमा छाडेका हुन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar