Headlines News :
Home » » काम गर्दा हात काटियो, कम्पनीले बिमाको पैसा दिएन

काम गर्दा हात काटियो, कम्पनीले बिमाको पैसा दिएन

Written By Unknown on Monday, August 17, 2015 | 8:55 AM

नुवाकोटको थाङसिङ१ का प्रताप लामाको दायाँ हातको पञ्जा छैन । त्यसैले उहाँ त्यो हात प्रायः पाइन्टको गोजीमा हाल्नुहुन्छनभए कपडाले छोपेर मात्रै बाहिरफेर घुम्न निस्किनुहुन्छ ।

कम्पनीको काम गर्दा गर्दै एक वर्ष अघि उहाँको हात काठ चिर्ने मेसिनले च्यापेको थियो । घटना सुनाउँदै प्रतापले भन्नुभयो मेसिनले मेरो हातको पञ्जा पुरै छिनाएको त थिएनतर डाक्टरले हात जोड्न नसकिने भन्दै काटिदिए ।
प्रतापका साथीका अनुसार दुर्घटनामा परेपछि बेहोस भएका उहाँलाई कम्पनीका प्रतिनिधिले तत्कालै अस्पताल लगे । तर अस्पतालमा उनीहरु सोधखोज गर्न भने गएनन् । अस्पतालमा पनि प्रतापले कष्टकर दिन बिताउनुपर्‍यो । गरिखाने हात मेसिनले च्यापेर काट्नुको पीडा त छँदैछपरिवार पाल्ने चिन्ता पनि थपिएको छ प्रतापलाई । कम्पनीले उपचार खर्च बेहोरे पनि बिमा बापतको रकम भने पाउनुभएको छैन । बिमा बापत थोरैतिनो रकम हात परे नेपाल फर्कने सोचमा हुनुहुन्छ उहाँ ।
मलेसियाको सेलांगर राज्यको सिमोनियामा रहेको सिन यिप फर्निचरमा काम गर्ने प्रतापले मात्रै होइनकाम गर्दा गर्दै हात गुमाका, औला गुमाएकाहात भाच्चिएर स्टिल लगाएर भरथेग गरेर बसेका अरु नेपाली पनि छन् ।

५ वर्षदेखि त्यही कम्पनीमा कार्यरत भोला प्रसाद रजकको पनि काम गर्दा गर्दै हात भाच्चिएको थियो । काठको धुलो सफा गर्ने क्रममा मेसिनमा हात पर्दा उहाँको दाहिले हात भाच्चिएको हो । तीन वर्षअघि दुर्घटना भएपनि उहाँले बिमा बापतको रकम पाउनुभएको छैन । अहिले,कम्पनीले भोलालाई सरसफाई गर्ने काम दिएको छ ।
नवलपरासीका धर्मेन्द्र गुप्ताको पनि कामकै क्रममा दायाँ हातको ४ वटा औंला गुमेको छ । काठ चिर्ने मेसिनले २६ महिना अघि गुप्ताको औंला छिनाएको हो । उहाँलार्य कम्पनीले सुरक्षाको गार्डको काम दिएको छ । भोला र धर्मेन्द्रले पनि बिमा बापतको पैसा पाएका छैनन् । बिमाको पैसा पाए उनीहरु पनि घर फर्कने सोचमा छन् ।
एउटै होस्टलमा ३२ जनापानी पर्दा बोराले छानो टाल्नुपर्ने


सिङ यिप कम्पनीमा झण्डै ४ सय नेपाली कार्यरत छन् । कम्पनीले हरेक महिना विभिन्न शिर्षकमा तलब काट्ने गरेको यहाँ कार्यरत नेपालीले गुनासो गरेका छन् । एउटै होष्टलमा ३२ जना बस्न बाध्य भएको पीडितको गुनासो छ । कम्पनीको हाताभीत्र जस्तापाताले बारेर बनाइएको होस्टलमा उनीहरु बसिरहेका छन् । लस्करै काठका दुई तले खाट राखिएका छन् । एक जना मात्रै हिँड्न मिल्ने प्यासेज छ । पाँच फिटमाथि जस्तापाताको छानो छ । मज्जाले उभिन पनि मिल्दैन । ठाँउ ठाँउमा बोराले टालिएको छ । पानी परेका बेला पानी चुहिने भएकोले ठाउँ ठाउँमा बोरा र कार्टनले टालेको सप्तरीका सिद्धेश्वर साहले बताउनुभयो 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar