Headlines News :
Home » » मुगु तेस्रो दिन पनि बन्द

मुगु तेस्रो दिन पनि बन्द

Written By Unknown on Tuesday, August 11, 2015 | 1:18 AM

२६ साउन, मुगु । मुगुलाई छैटौं प्रदेशमा राखिएको विरोधमा आह्वान गरिएको जिल्ला बन्द तेस्रो दिन पनि जारी रहेको छ ।
विशेषाधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग गरिएका मुगुवासीले आफ्नो क्षेत्रलाई कर्णाली, सेती र महाकाली जोडेर प्रदेश बनाएको भन्दै आन्दोलन गर्दै आएका छन् ।
कर्णाली प्रति पंञ्चायत र राणा भन्दा पनि अहिलेका प्रमुख दल निरंकुश भएको भन्दै स्थानीय तहका नेताले शीर्ष नेताको आलोचना गरेका छन् ।
‘अखण्ड भेरी कर्णाली टुक्र्याउन पाँइदैन’, ‘दमनकारी र हत्यारा प्रहरी मुर्दावाद कर्णालीका सभासद राजिनामा दे’ जस्ता नारा लगाँउदै तीन दिनदेखि बजार तथा जिल्ला प्रसासन कार्यालय लगायत सम्पूर्ण कार्यालय बन्द गरिएका छन् । बन्दले गाँउबाट आएका सेवाग्राही र किनमेल गर्नेलार्इ मर्का परेको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar