Headlines News :
Home » » भदौ पहिलो साता प्रधानमन्त्रीको राजीनामा : कांग्रेस नेता ढुंगाना

भदौ पहिलो साता प्रधानमन्त्रीको राजीनामा : कांग्रेस नेता ढुंगाना

Written By Unknown on Monday, August 10, 2015 | 9:34 AM

नेतालाई दानापानी दिन संविधान बनाउन लागियो : महतो


२५ साउन, काठमाडौं । नेपाली काग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले संविधान जारी भएपछि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।
ananda-dhunganaरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले एमाले र कांग्रेसबीच पहिला नै संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरी सात बुँदे सहमति भएको र त्यसमा कांग्रेस प्रतिबद्ध रहेको उनले बताए ।
साक्षात्कारमा उनले भने, ‘संविधान जारी भएपछि एमालेको नेतृत्वमा सहमतिको सरकार बन्छ । अब काग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । प्रधानमन्त्री स्वयमले संविधान बनेपछि राजिनामा दिन्छु भनिसक्नु भएकोले त्यसमा हामी प्रतिबद्ध छौं ।’
ढुंगानाले भदौ पहिलो साताभित्र संविधान जारी हुने विश्वास ब्यक्त गर्दै त्यसलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले राजिनामा दिने बताए ।
कार्यक्रममा एनेकपा माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले कांग्रेस र एमालेबीच पहिला नै संविधान जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको उल्लेख गर्दै त्यसमा आफूहरुको बिमति नरहेको बताए ।
गजुरेलले कम्तिमा पनि कैलाली र कञ्चनपुरको विवाद मिलाउनै पर्ने भन्दै त्यो नमाने कसैको पनि भविष्य उज्वल नभएको दावी गरे ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेतालाई दानापानी दिन गलत ढंगले संविधान जारी गर्न खोजिएको बताए । अहिले जनआकांक्षा भन्दा जस्तोसुकै भए पनि संविधान जारी गरेर राष्ट्रपतिदेखि प्रधानमन्त्री बनाउने उद्देश्य मात्रै भएको उनले दावी गरे ।
फोरम लोकतान्त्रिकका महामन्त्री रामजनम चौधरीले सीमांकनमा रहेको विवाद अन्त्य नगरे मुलुक गंभिर द्वन्द्वमा फस्ने चेतावनी दिए ।
- See more at: http://www.onlinekhabar.com/2015/08/310142/#sthash.YVKNy97O.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar