Headlines News :
Home » » दुई रणवीरको चेपुवामा दीपिका

दुई रणवीरको चेपुवामा दीपिका

Written By krish on Friday, August 14, 2015 | 7:32 AM

बलिउडमा अहिले दुई रणवीर छन् । कपुर र सिंह । पहिलो रणवीर नायिका दीपिका पादुकोणेका पूर्वप्रेमी हुन् भने दोस्रो रणवीर हालका प्रेमी ।
हालै मात्र रणवीर कपुरका लागि दीपिकाले रणवीर सिंहको साथ छोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर अलमलमा नपर्नुस । उनले नयाँ प्रेमीलाई छोडेर फेरि पुरानो प्रेमीलाई च्यापेकी होइनन् ।
भएको यति मात्रै हो, रणवीर कपुरसित तमाशा फिल्मको पोस्टर सुट गर्न दीपिका रणवीर सिंहलाई ‘बाजीराव मस्तानी’को सेटमा छोडेर गएकी थिइन् । यसैलाई भारतीय मिडियाले हेडिङ बनाए, रणवीर सिंहलाई छोडेर दीपिका रणवीर कपुरसित Û
दीपिकाले अभिनय गरेका यी दुवै फिल्म लगातार रिलिज हुँदै छन् । इम्तियाज अलीको निर्देशन रहेको तमाशा नोभेम्बरमा रिलिज हुने छ भने संजय लिला भन्साली निर्देशित वाजिराव डिसेम्बरमा । एकैसाथ काम गरिरहेकाले दीपिकालाई दुई फिल्मको सेड्यूल मिलाउन गाह्रो परिरहेको छ । पूर्व प्रेमी र ‘अपूर्व प्रेमी’को चेपुवामा परेर उनलाई गाह्रो नहोस पनि किन ?

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar