Headlines News :
Home » » सीमांकन मिलाउन शीर्षनेताले असन्तुष्ट पक्षसँग छलफल गर्ने

सीमांकन मिलाउन शीर्षनेताले असन्तुष्ट पक्षसँग छलफल गर्ने

Written By Unknown on Monday, August 17, 2015 | 9:18 AM

३२ साउन, काठमाडौं । संविधानको विधेयक तयार पार्नका लागि पाँच दिनको समय पाएको संविधान मस्यौदा समिति तोकिएको समयभित्र संविधान लेख्न असफल भएको छ ।
प्रदेशको सीमांकन सच्याउने तथा धर्म निरपेक्षतालगायतका विवादित विषयमा शीर्ष नेताहरुले टुंग्याउन नसकेपछि मस्यौदा समिति संविधानको विधेयक बनाउन असफल भएको हो ।
अरु विषयमा सहमति जुट्ने अवस्था भए पनि प्रदेशको सीमांकनलाई परिमार्जन गर्ने विषय निकै जटिल हुँदै गएकाले नेताहरुले निर्णय गर्न नसकेका हुन् ।  सोमबार दिनभरि पनि शीर्ष नेताहरु छलफलमै थिए । उनीहरुले सीमांकनबाट असन्तुष्ट रहेका समूह तथा व्यक्तिहरुसँग पनि अलग अलग छलफल गरे ।
मधेसवादी दलहरुले अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरेकै दिन प्रमुख दलहरुले असन्तुष्ट मधेसवादी दल लगायत बिभिन्न पक्षसँग वार्ता गर्ने निर्णय गरेका छन् ।
असन्तुष्ट मधेसवादीहरुसँग छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएकाले विधेयक बनाउन अझै दुई तीन दिन लाग्न सक्ने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।
प्रदेशहरुको सीमांकन परिमार्जन गर्नेबारे विभिन्न विकल्पमा छलफल भइरहे पनि टुंगो लागेको छैन ।
पछिल्लो पटक कैलालीको खुटिया खोलालाई सीमाना बनाएर पश्चिमको भाग ६ नम्बर प्रदेशमा राख्ने र पूर्वको थारु बाहुल्य क्षेत्रलाई ५ नम्बर प्रदेशबाट छुट्याएर थारुको माग सम्बोधन गर्ने विकल्पमा पनि छलफल भएको एक नेताले बताए ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar