Headlines News :
Home » » ओलीले भने-जनताको आन्दोलनमा घुसेका हरिया सर्पलाई निकालेर फाल्छौं

ओलीले भने-जनताको आन्दोलनमा घुसेका हरिया सर्पलाई निकालेर फाल्छौं

Written By Unknown on Thursday, August 13, 2015 | 3:53 AM

२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संविधानसभाबाट संविधान बन्न नदिन तीनथरी अतिवादी एकजुट भएको भन्दै उनीहरुलाई परास्त गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
KP oli
व्यवस्थापिका संसदको विहीवारको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘संविधानसभा बहिस्कार गरेको उग्रवामपन्थी,संविधानसभानै नचाहने अति दक्षिणपन्थी र यो देशको मानो खाएर यहि देश टुक्राउछौं भन्दै हिँड्ने राष्ट्रघाती अनैतिकहरु एकजुट भएका छन्, हामी तिनीहरुलाई असफल पार्छौं ।’
ओलीले सीमांकनका क्रममा जनतामा देखिएका केही असन्तुष्टि र चिन्तामा खेलेर आन्दोलन चर्काउन हरियो घाँसमा हरेऊ लुके जस्तै ती समूहले घुसपैठको प्रयास गरेको बताए । ओलीले भने, ‘हरियो घाँसमा लुकेका हरिया सर्पलाई हामीले निकालेर फाल्छौं, संविधान जारी गरेर छाड्छौं ।’
केही व्यक्तिहरु रगतको खोलो बगाउछौं भन्दै पूर्वबाट पश्चिम तराईतर्फ लागेको भन्दै ओलीले तिनीहरुलाई जनताले तह लाउने बताए । ‘जनताले हामीलाई भड्काउन आउने भन्दै तिनीहरुलाई सम्झाइ बुझाइ गर्दा अलि बढी होला, सरकारले ध्यान देओस् ।’
ओलीले संविधान सम्झौताको दस्तावेज भएकाले सबैका माग समेटिन नसक्ने बताए । ‘एउटालाई तराई पहाड नजोडी भएको छैन, अर्कोलाई कुनै हालतमा जोड्नु हुदैन भन्ने छ, दुबैथरी माग राख्ने नेपाली हुन्,’ ओलीले भने, ‘ती मध्ये कसका माग पूरा गर्ने ?’
ओलीले आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित लगायत मध्यपश्चिम र सुदूरपश्चिमका जनताले उठाएका कतिपय जायज मागलाई सम्बोधन गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।
- See more at: http://www.onlinekhabar.com/2015/08/311539/#sthash.1ZXlzRcW.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar