५ भदौ, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुरामक भट्टराईले संविधान बन्ने करिव सुनिश्चित भएको बताएका छन् । तर, अँध्यारो कोठाहरुमा संविधानसभाबाट संविधान जारी हुन नदिने कसरत अन्तिम बेलासम्म भइरहनेतर्फ सचेत गराएका छन् ।
एमाओवादी वरिष्ठ नेता भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन्-‘यो संविधान पहिला भन्ने गरिए जस्तो संसारको ‘सर्वोत्कृष्ट’ संविधान हुने छैन र उसले सवैको चित्त बुझाउने पनि छैन । तर, तत्काल यसको कुनै विकल्प पनि छैन ।’
अझै परिर्माजन गर्ने ठाउँ रहेको भन्दै भट्टराईले यसका लागि दलहरुको सहमति वा दलहरुभित्र रहेका अग्रगामी सोच भएका सभासदहरुको सामूहिक प्रयत्न चाहिने बताए ।
विधेयक संशोधनको एउटा खुडि्कलो बाँकी रहेको भन्दै भट्टराईले भने-‘थारु, मधेसी र मगर समुदायको क्लस्टर मिलाउने गरी प्रदेशकधो सीमांकनलाई अझै परिर्माजन गर्न सकिन्छ ।’
साथै उनले महिला, दलित लगायतको हक अधिकार अझै थप्न सकिने भन्दै सकारात्मक सोचका साथ संविधानमा परिमार्जन गर्ने तर, वेलैमा जारी गर्ने प्रयत्न गर्नु पर्ने बताएका छन् ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !