२८ साउन, काठमाडौं । दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले थर्ड जेनेरेसन (थ्रीजी) मोबाइल सेवा विस्तारमा जोड दिइरहेको छ । यही क्रममा एनसेलले डोटीको दिपायल सिलगढीमा थ्रीजी सेवा विस्तार गरेकेा छ । यससँगै एनसेलको थ्रीजी सेवा ६३ वटा जिल्लामा पुगेको छ ।
डिजिटल इन्क्लुजन र यसको पहुँच बढाउने उद्देश्य अनुरुप एनसेलले विभिन्न जिल्ला तथा गाउँ गाउँमा निरन्तर थ्रीजी सेवा विस्तार गर्दै आएको छ ।
थ्रीजी सेवा विस्तारले स्थानिय समुदायलाई पुरा विश्वसँग जोडिन, नयाँ नयाँ विषयका बारेमा जानकारी हासिल गर्न, क्षमता अभिवृद्धि गर्न तथा विभिन्न अवसरको सदुपयोग गर्न सहज बनाउने कम्पनीको विश्वास छ ।
प्राकृतिक विपतको समयमा स्काइप, ग्रुप मेल, सामाजिक संजालबाट कुराकानी आदन प्रदानका लागी थ्रीजी सेवा निकै नै प्रभावकारी रहने हालैको भुकम्पमा सबैले अनुभव गरेका छन् । विशेषगरी एनसेलले प्रदान गर्दै आएको निःशुल्क टुइटर सुविधाले धेरै भन्दा धेरै मानिसहरुलाई सामाजिक सञ्जालमा समेटी विपत पर्दा आपत्कालीन राहत, उद्धार तथा सहयोग प्राप्त गर्न टेवा पुर्याएको कम्पनीको दाबी छ ।
त्यस्तै, एनसेलको विकिपिडिया जिरो सेवाले ग्राहकलाई विश्वको सबैभन्दा ठुले अनलाईन लाइब्रेरीमा निःशुल्क पहुँच प्रदान गर्दै सामान्य तथा विषयगत ज्ञानको अभिवृद्धिमा मद्दत गर्दै आएको छ । विश्वभरी शिक्षा, स्वास्थ्य, रोजगारी तथा शिप विकासमा मोबाइल ब्रोडब्यान्डले ठुलो योगदान पुर्याउँदै आएको छ ।
‘मोबाइल ब्रोडब्यान्ड र थ्रीजी सेवाले देशको अर्थतन्त्र तथा समाजको विकासमा ठूलो मद्दत पुर्याउने संसारभर अनुभव छ’ पालीले भने- ‘त्यसैले दुरसंचार प्राधिकरणसँग हामीले उपलब्ध फ्रिक्वेन्सी रिसोर्सको अधिकतम सदुपयोगका लागि टेक्नोलोजी न्युट्रालीटीको अनुरोध गर्दै आएका छौं ।’
टेक्नोलोजी न्युट्रालीटि प्रदान गरिएमा एनसेलले त्यस्तो अनुमति आएको ३ महिनाभित्र ७५ वटै जिल्लामा थ्रीजी सेवा संचालनमा ल्याउने योजना रहेको पालीले सुनाए ।
- See more at: http://www.onlinekhabar.com/2015/08/311611/#sthash.TxJvoooD.dpuf


0 comments:
Speak up your mind
Tell us what you're thinking... !