विमल घर्तीमगरले गरे ह्याट्रिक
३ भदौ, काठमाडौं । युवा स्ट्राइकर विमल घर्ती मगरको ह्याट्रिकसँगै नेपालले साफ यू-१९ च्याम्पियनसिप फुटबलमा सुखद सुरुवात गरेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा नेपालले भुटानबिरुद्ध ३-१ को जित निकालेको छ । नेपालको जितमा तीनै गोल कप्तान विमलले गरेका थिए ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदान भएको खेलमा नेपालले १० औं मिनेटमा सुरूवाति अग्रता दिलाए । तर एक मिनेट पछि नै भुटानका भुटानका सोनाम तोग्बेले बराबरी गोल फर्काए ।
२९ औं मिनेटमा बिमलले ब्याक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा नेपालले २-१ को अग्रता लियो ।
दोस्रो हाफमा नेपाल हावी भयो । ६२ औं मिनेटमा तेज लामोको लामो पासमा विमलले हाफ भली गोल गर्दै ह्याट्रिक पूरा गरे ।
तर, ७३ औं मिनेटमा विमलले पेनाल्टी मिस गरे । भुटानका गोल रक्षकले विश्वास श्रेष्ठलार्इ डि बक्स एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
खेलपछि विमलले ह्याट्रिक गरेकोमा खुसी रहेको बताए । तर, पेनाल्टीमा गोल गर्न सकेको भए अझ राम्रो हुने थियो, उनले भनेका छन् ।
जितसँगै नेपाल ३ अंकका साथ समूहको शीर्ष स्थानमा छ । नेपालले अर्को खेल बंगलादेशसँग खेल्नेछ ।
- See more at: http://www.onlinekhabar.com/2015/08/314768/#sthash.194TesKu.dpuf



0 comments:
Speak up your mind
Tell us what you're thinking... !