Headlines News :
Home » » नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Written By Unknown on Saturday, August 15, 2015 | 4:16 AM

काठमाडौं, १ चैत । नेपाल कार्डियो डाइबेटिज एण्ड थाईराईड सेन्टर प्रा.लि. र सेभ द हार्टको सयुंक्त आयोजनामा तथा स्थानीयबासीहरु जनार्दन सिलवाल, राजु नेपाली, राम शरण नेपाली, दिपक अधिकारी, रामेश्वर खतिवडाको संयोजकतामा  नुवाकोट जिल्ला मदानपुर गां.वि.स. वडा नं ५ मा बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरबाट झण्डै ७०० जनाले निशुल्क सेवा लिएको र जसमध्ये ५७ जना बिरामीको निःशुल्क ईको कार्डियो ग्राफ गरिएको थियो भने १६५ जना बिरामी हरुको निःशुल्क ई.सी.जी.गरिएको थियो ४७ जना बिरामीहरुमा विभिन्न खालको मुटु रोगहरु भएको र यस मध्य ४ जना बिरामीको मुटुको भाल्भ फेर्नु पर्ने बरिस्ठ मुटु रोग बिशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिए ।
3
डा. भट्टराईको टोलीले  ३४२ जना मुटु रोगी बिरामीहरुको स्वास्थ्य  परिक्षण गरेको थियो  त्यसै गरि स्त्रीरोग बिशेषज्ञ डा. सेवक श्रेष्ठको टोलीले १६८ जना स्त्रीरोगी हरुको परिक्षण गर्नु भएको थियो जसमध्ये ४० देखि ५५ जनामा पाठे घरको संक्रमण भएको,  ४ जना आंग खस्ने रोग भएको र १ जना बिरामीमा पाठे घरमा क्यान्सर हुन् सक्ने सम्भावना पाईएको नेपाल कार्डियो डाइबेटिज एण्ड थाईराईड सेन्टरका  ब्यबस्थापन निर्देशक शेर बहादुर रानाले जानकारी दिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar