Headlines News :
Home » » भैरहवामा शुक्रबार विहानसम्म कर्फ्यु, स्थानीयले जलाए बन्दकर्ताको गाडी

भैरहवामा शुक्रबार विहानसम्म कर्फ्यु, स्थानीयले जलाए बन्दकर्ताको गाडी

Written By Unknown on Thursday, August 20, 2015 | 7:29 PM

  • बन्दको विरोधमा उत्रिएका स्थानीयले बन्दलाई समर्थन गरेका स्थानीय नेता सन्तोष पाण्डेको गाडीमा गरेको आगजनी
३ भदौ, भैरहवा । मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दमा तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले भैरहवामा कर्फ्यु लगाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले विहीबार राति ८ बजेदेखि शुक्रबार विहान ५ बजेसम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेको हो । पूर्वमा बसन्तपुर, पश्चिममा एयरपोर्ट, उत्तरमा पडसरी र दक्षिणमा बेलहिया नाकासम्म कर्फ्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
बुधबार दिनभर बन्दकर्ता र बन्दको विरोधमा स्थानीय उत्रिएपछि भैरहवामा तनाव सिर्जना भएको थियो । बन्दकर्ताले प्रयोग गरेका मोटरसाइकल र गाडीहरुमा आगजनी भएको थियो ।
हेर्नुहोस् स्थानीयले जलाइदिएको बन्दकर्ताका गाडीहरू
Bhairahawa-aandolan
बन्दकर्ता गाउँबाट चढेर भैरहवा आएको ट्याक्टर
Bhairahawa-aandolan
भैरहवाबासीले बन्दकर्ताले प्रयोग गरेको चारवटा मोटरसाइकललाई एकैठाउँ राखेर आगो लगाइदिएका छन् ।
भैरहवाबासीले बन्दकर्ताले प्रयोग गरेको चारवटा मोटरसाइकललाई एकैठाउँ राखेर आगो लगाइदिएका छन् ।
Bhairahawa-aandolan
बन्दकर्ताले प्रयोग गरेको मोटरसाइकल तोडफोड गर्दै स्थानीय ।
- See more at: http://www.onlinekhabar.com/2015/08/314779/#sthash.SpSra375.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar