२६ साउन, गुल्मी । गुल्मीको दिब्रुङ्ग गाविसमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ ।
सोमबार रातिदेखि लगातार परेको बर्षाका कारण घर माथीबाट आएको पहिरोले दिबु्रङको वडानम्बर तीनका खड्कबहादुर सार्कीको घर पुर्दा उनकी ४० बषिर्या श्रीमती आशा सार्की, ११ बर्षका छोरा गगन सार्की र चार बर्षकी छोरी बिन्दु सार्कीको मृत्यु भएको स्थानीयवासी बिष्णु थापाले जानकारी दिएका छन ।
राति दुई बजे तिर पहिरो गएको घरमासँगै सुतिरहेकी कक्षा ६ मा अध्ययरत खड्कबहादुरकी जेठी छोरी सुष्मा सार्कीले बताएकी छिन । घटनास्थलमा अहिले चन्द्रकोट प्रहरी चौकी शान्तिपुरबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रामप्रसाद पौडेलले जानकारी दिए ।
पहिरोमा परेका सुष्मा र रनु सार्की सकुशल छन् । खड्गबहादुर भने वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको स्थानीय शिक्षक विष्णु थापाले बताए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !