Home »
international
» ओसामा बिन लादेनका छोरा हमजाको अडियो टेप सार्वजनिक
ओसामा बिन लादेनका छोरा हमजाको अडियो टेप सार्वजनिक
Written By Unknown on Saturday, August 15, 2015 | 4:10 AM
काठमाडौ, ३० साउन । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अलकायदा’ ले आफ्ना संगठनका पूर्व प्रमूख ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको एक अडियो टेप सार्वजनिक गरेको छ । अलकायदाले हमजालाई संगठनको आधिकारिक सदस्यका रुपमा चिनाउन यो टेप सार्वजनिक गरेको हुन सक्ने आशंका गरिएको छ । अलकायदाका समर्थकहरुले उक्त अडियो टेपलाई ट्वीटरमा सेयर गरेका छन् । टेपमा हमजाले अमेरिका र उसका सहयोगी देशमाथि आक्रमण गर्न अपिल गरेका छन् । अमेरिकाको एक विशेष सैन्य टुकडीले सन् २०११ म पाकिस्तानको एबटावादमा गरेको कारवाहीमा लादेन मारिएका थिए
Labels:
international



0 comments:
Speak up your mind
Tell us what you're thinking... !