Headlines News :
Home » » पति विदेशमा, पत्नी अर्कैसँग

पति विदेशमा, पत्नी अर्कैसँग

Written By Unknown on Monday, August 10, 2015 | 9:40 PM

बाँके, श्रावण २६ - घरजग्गा र सम्पत्तिसहित पत्नी अर्कैसँग हिँडेपछि वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालगन्ज २४ का दानबहादुर शाही निकै तनावमा छन् । दु:ख, सुखमा साथ दिने पत्नीले धोका दिएपछि उनलाई ठूलो धक्का पुगेको हो । नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने लाखौँ मूल्यको घर अरू कसैको भइसकेको रहेछ । हाल उनी छोरीसहित आफन्तको घरमा बस्न बाध्य छन् । अर्कैसँग श्रीमती लागेको खबर पाएपछि उनी अघिल्लो सातामात्रै मलेसियाबाट नेपालगन्ज फर्किएका हुन् ।  
‘जसको खुसीका लागि पैसा कमाउन विदेश गएँ उसैले मेरो सर्वस्व लुट्यो । विदेशमा दु:ख गरी कमाएर पठाएको पैसा र घरजग्गा सबै लुटी’ न्यायका लागि प्रहरीमा दौडधुप गरिरहेका उनले भने, ‘घरमा राखेको ८ तोला सुनका गहना, आइफोन, ल्यापटप सबै लगिन् । छिमेकीसँग मेरो नाममा ७ लाख ऋण पनि लिएकी रहिछन् ।’    विदेश जानुअघि शाही नेपालगन्जको एक गैरसरकारी संस्थामा काम गर्थें । धेरै पैसा कमाउने आशामा ५ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएँ, श्रीमती रुक्माकुमारी र एक छोरीलाई घरमै छोडेर । तीन–तीन महिनामा उनले विदेशबाट पैसा पठाउँथे । ५ वर्षमा १५ लाख ५० हजार श्रीमतीलाई पठाएको उनले बताए ।
विश्वास गरेरै घरजग्गा श्रीमतीकै नाममा राखेका थिए । तर पति विदेश गएपछि रुक्माले उक्त घरजग्गा आफ्नो आमाको नाममा पास गरेर बैंकबाट लोन लिइएको छ । जुन जग्गा बैंकले पैसा तिर्न नसकेको भन्दै लिलामीमा राखेको छ । उनी बागेश्वरी २ खजुराका सोमनबहादुर पाण्डेसँग दोस्रो विवाह गरेर त्यही घरमा बस्दै आएकी थिइन् ।
‘श्रीमतीका बारेमा छिमेकीबाट टीकाटिप्पणी हुन थालेपछि आत्तिएर कसैलाई थाहै नदिई गत आइतबार घर फर्किए । घर पुग्दा नसोचेको दृश्य आफ्नै आँखा अगाडि देख्नुपर्‍यो । सोमनबहादुर र श्रीमती मेरै घरमा थिए । म पुगेको थाहा पाउने बित्तिकै दुवै जना भागे,’ दानबहादुरले भने,‘ ‘विदेशबाट जोडेको सम्पत्तिले घरमा सुखसँग जीवन बिताउँला भनेको उल्टो सबै वर्वाद भइसक्यो ।’
उनले सम्पत्ति फिर्ता पाउनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरू भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘दानबहादुर विदेशमै रहेका बेला रुक्माकुमारीले श्रीमानले घरबाट निकाला गरेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । तर पति विदेशमा रहेकाले घरमै म्याद तामेल गराई मुद्दा फैसला गराएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहराले भने, ‘वैदेशिक रोजगारले बलबहादुर सडकमा आएका छन् । फरार रहेका दुवै जनाको खोजी भइरहेको छ । न्याय दिलाउन प्रयास गर्छौं ।’ रुक्मासँग विवाह गर्ने पाण्डेको घरमा जेठी श्रीमती, दुई छोरी र एक छोरा छन् । रुक्मासँग विवाह दर्ता गराएको थाह पाएपछि जेठी श्रीमती बहुविवाह दर्ता गराउन प्रहरी कार्यालय आएकी छन् 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar