एमाओवादी अध्यक्ष प्रचण्डले ६ प्रदेशको विरोध गर्नेहरूले संविधान बनाउन नचाहेको बताएका छन्।
बिहीबारको व्यवस्थापिका संसदलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘ हिजो ११ प्रदेशको सहमति गरेर संविधान घोषणा गरौं भन्दा को को शक्ति कता कताबाट हो ११ प्रदेश हुन दिइएन्। अहिले ६ प्रदेशको पनि विरोध भएको छ,यो संविधान ल्याउन नदिने षडयन्त्र मात्र हो।’
सीमांकन विनाको संविधान नमान्ने भएपछि हामीहरूले सीमांकन गरेको भन्दै उनले भने, ‘अहिले सीमांकनपछि पनि मान्दैनौं भन्नु गर्न खोजेको के हो ? संविधानसभाबाट संविधान नै बन्न नलिन खोजेको हो भन्ने निष्कर्ष निस्कन्छ।’
प्रदेशहरुको सीमांकनपछि मध्यपश्चिम र कणर्णालीमा आएको प्रतिक्रिया स्वभाविक भएको भन्दै प्रचण्डले कर्णालीको माग सम्बोधन गर्न सकिने बताए।
संविधानसभाबाट केही साताभित्रै संविधान घोषणा गर्ने र ६ प्रदेशबाट पछाडि नहट्ने भन्दै प्रचण्डले भने,‘ थारू बाहुल्य रहेको कैलालीलाई सम्झौताको विन्दु खोज्नु परेकाले अहिलेको जस्तो भएको हो’, उनले भने,‘ कर्णाली र सुर्खेतको केन्द्रलाई सम्बोधन गरेपछि हामी छ प्रदेशको सम्झौताबाट यताउता जान पर्दैन।’
'म आफ्ना विषय राख्दै जाँदा स्वर्गिय गिरिजाप्रसाद कोइरालाले भनेको कुरा स्मरण गर्न चाहन्छु- हिँड्दा हिँड्दै जंगलमा बाटो बिराएपनि आफ्नो ठाउँमा फर्कनैं पर्ने हुन्छ। हामी हिजो जंगलमा हराएकै हौं र फर्केर पहिलाको ठाउँमा पनि आएकै हौं। हामी १६ बुँदे सहमतिबाट संविधान निर्माणमा पहिलेको ठाउँमा आएका छौं र अब अघि बढिसकेका पनि छौं' दाहालले भने।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन अब कसैले रोख्न नसक्ने भन्दै संविधानसभाबाट अग्रगामी संविधान निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरे।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !