हामी दैनिक त्यस्ता धेरै मसलाहरू प्रयोग गरिरहेका हुन्छौं, जसले सौन्दर्य कायम राख्न निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । सौन्दर्यको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने केही मसलाहरू यहाँ उल्लेख गरिन्छ ।
सुकुमेल
सुक्खा छाला भएका मानिसको छालालालई मुलायम बनाइराख्न सुकमेलले निकै ठूलो सहयोग पुग्छ । पाँच वटा सुकमेललाई धूलो बनाएर जैतुनको तेल अथवा बेबी आयलमा मिसाएर राम्रोसँग फिट्नुपर्छ । त्यसलाई एउटा सफा सिसीमा राखी समय–समयमा मालिस गर्नाले छाला ताजा, चम्किलो र बास्ना आउने हुन्छ ।
दालचिनी
दालचिनीको प्रयोग गरेमा छालाले पानी सोसेर राख्ने प्रक्रियालाई घटाउँछ । यसका साथै दालचिनीले कन्डिसनरको पनि काम गर्दछ । त्यति मात्र होइन, दालचिनीको लेप हातखुट्टा तथा शरीरको अन्य भागमा नियमित लगाउनाले छालामा देखा परेको चाउरीपनको समस्यालाई कम गरी छालालाई सुन्दर र चमक ल्याउन मद्दत पुर्याउँछ ।
बेसार
बेसार सौन्दर्य वृद्धि गराउने एक महत्त्वपूर्ण औषधि हो । नीमको पातमा १–२ चम्चा शुद्ध बेसार मिसाई राम्ररी फिटेर लेप बनाई लगाउँदा छालामा चमक बन्दै जान्छ । त्यति मात्र होइन, यसरी बनाएको लेप नियमितरूपमा लगाउँदा खुट्टा गन्हाउने समस्याबाट पनि मुक्त रहन सकिन्छ । खुट्टाको औंला–औंलाबीचको चेप–चेपमा लगाउने र सुकेपछि सफा पानीले पखाल्ने गर्नाले खुट्टा गन्हाउने र जुत्ताले बनाएको घाउ कम हुँदै जान्छ ।
केशर
केशरले सौन्दर्यमा ठूलो भूमिका खेलेको हुन्छ । केशरले छालाको रंग सुधार्न मद्दत पुर्याउँछ । आधा कप जैतुनको तेलमा अलिकति देशी बदामको तेल र अलिकति केशर मिसाएर तावामा राखेपछि सो तावा तातिरहेको पानीको भाँडामा नडुब्ने गरी राख्नुस् । बिस्तारै केशर पग्लँदै जान्छ । केशर पग्लिसकेपछि त्यसलाई बट्टामा खन्याएर राख्नुस् । प्रत्येक हप्ता नुहाएपछि जीउभरि सो तेल लगाएर मालिस गर्नाले छालाको रंगमा सुधार आउनुको साथै छाला स्वच्छ र ताजा हुन्छ ।
लसुन
लसुनले भित्री स्वास्थ्यमा मात्र नभएर बाहिरी सुन्दरता वृद्धिमा पनि निकै सहयोग पुर्याउने गर्छ । हरेकको भान्सामा पाइने लसुनले छालामा देखा परेका धब्बाहरूलाई हटाउने काम गर्छ । नियमित लसुनको सेवनले रगत सफा बनाउँछ र एन्टिसेप्टिकको काम पनि गर्छ । यसले गर्दा छालाको सुन्दरता बढेर जान्छ ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !