निक्कै रस्साकस्सी र तनाबका बिच निबर्तमान अध्यक्ष टंक बस्नेतलाई पुन अध्यक्षमा निर्बाचित गर्दै गैह्र आवासीय नेपाली संघ बहराइनको पाचौ महाधिवेशन सम्पन्न भएको छ ।
गत अगस्ट ७ का दिन बहराइनको अदलिया स्थित नेपाली कल्बको हलमा अध्यक्ष टंक बस्नेतको सभापतित्वमा सम्पन्न महाधिवेशनको प्रमुख अतिथीमा नेपाली दूतावास बहराइनका कार्यबाहक राजदूत खगराज पाण्डे र विशेष अतिथीमा दूतावासका तृतीय सचिब ओम भण्डारी तथा एनआरएन मध्यपुर्बका पुर्ब उपसंयोजक राजु सैयद रहेका थिए । प्रमुख अतिथी र कार्यक्रम संयोजकले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका थिए ।
बहराइनमा स्थापित राजनैतिक संगठन, समाजिक संघ सस्थाका प्रतिनिधि, पत्रकारहरु, महाधिवेशन निर्बाचन समितीका सदस्यहरु अतिथी रहेको कार्यक्रममा पर्यवेक्षक संयोजकको रुपमा एनआरएन बहराइनका आईसीसी प्रतिनिधि झम्क प्रसाद सापकोटा रहेका थिए ।
महासचिव काजी थापामगरले सन्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष सन्तोष दाहालले स्वागत मन्तव्य राखेका थिए भने प्रगति प्रतिबेदन महासचिव काजी थापामगरले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष पुरन खत्रीले र कल्याणकारी कोषको प्रतिबेदन कोषका संयोजक श्याम कुमार राईले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पत्रकार नारायण रपाल बिस्वकर्मा, नेपाली क्लबका महासचिव दिपक गुरुङ, कुमार बिक लगाएतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्यको क्रममा कार्यबाहक राजदुतले एन आर एन बहराइनले गरेका कामको प्रशंसा गरेका थिए ।
यसै ५ औ महाधिवेशनमा आईसीसी सदस्य झम्क प्रसाद सापकोटा को संयोजकत्वमा बनेको बिधान संशोधन समितिले संघको २००७ को बिधान संशोधन गरि बिधान २०१५ सर्बसमतीले पास गरिएको थियो ।
नेपाली क्लब बहराईनका मानर्थ समाजसेवी गम गुरुङ निर्वाचन संयोजक रहेको समितीले एक भन्दा बढी उम्मेद्वारी नपरेको कारण पुन टंक बस्नेतको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित गरेको छ जुन यसप्रकार छ ।
अध्यक्ष :- टंक बस्नेत
प्रथम उपाध्यक्ष :- लाल प्रसाद पुन
दितिय उपाध्यक्ष :- नारायण प्रसाद उप्रेती
तृतीय उपाध्यक्ष :- तेजराम सापकोटा
महासचिव :- राजकुमार बस्नेत
सचीव :- धनकुमार राई
कोषाध्यक्ष :- पुरन खत्री
कल्याणकारी कोष संयोजक :- श्याम कुमार राई
महिला संयोजक :- लक्ष्मी गिरि
सदस्य :- कुमार बिक
सदस्य :- उमेस जोसि
आईसिसि सदस्य :- कमल श्रेष्ठ




0 comments:
Speak up your mind
Tell us what you're thinking... !