Headlines News :
Home » » विशेष समितिको निर्णय कुर्दै मस्यौदा समिति

विशेष समितिको निर्णय कुर्दै मस्यौदा समिति

Written By Unknown on Thursday, August 20, 2015 | 7:06 PM

भाद्र ३, २०७२- सीमांकन पुनरावलोकनसहित टुंगो लाग्न बाँकी बाहेकका विषयमा संविधान विधेयक तयार भएको छ ।
जनताको सुझाव ग्रहणका विषयमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको निर्णय र संविधानसभाका निर्णयअनुरूपका विषयलाई बिहीबार मस्यौदा समितिले विधेयकको रूप दिएको हो । तर संघीयतासहितका विवादित विषयमा प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित विशेष समितिले निर्णय गर्न गरेको विलम्बका कारण बिहीबार उक्त विधेयक सभाध्यक्षसमक्ष पेस हुन सकेन । 
मस्यौदा समितिले संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गरी विधेयक निर्माणका लागि दोस्रोपटक प्राप्त गरेको समय सीमा शुक्रबार सकिँदै छ । यसअघि संविधानसभाबाट प्राप्त पाँच दिनको समय सीमा पनि संघीयतासहितका बाँकी विवादित विषयमा शीर्ष नेताहरूको निर्णय कुर्दाकुर्दै व्यर्थ भएको थियो ।
धर्म निरपेक्षता, थ्रेसहोल्ड, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिलगायतका विषयमा सहमतिको नजिक भए पनि शीर्ष नेताहरूबीच ६ प्रदेशको सीमांकन पुनरावलोकनका विषयमा ठोस सहमति हुन सकेको छैन । 'समितिले शुक्रबारसम्म विधेयक पेस गर्ने जानकारी संविधानसभा अध्यक्षलाई गराइसकेको छ,' संविधानसभा सचिवालय स्रोतले भन्यो, 'विधेयक पेस गर्ने अन्तिम समयसम्म पनि शीर्ष नेताहरूले सहमति गरेमा त्यसलाई समावेश गर्न सकिन्छ । त्यसो हुन नसकेमा संविधान विधेयकमा सभासदले राख्ने संशोधनबाट विशेष समितिको निर्णय प्रक्रियामा प्रवेश गराउने विकल्प बाँकी रहन्छ ।'
संविधानसभा नियमावलीअनुसार संविधान विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सभासद्लाई प्रस्तावित विधेयकको कुनै पनि धारामा संशोधन प्रस्ताव राख्ने समय दिइनेछ । संविधान विधेयक वितरण, पेस र सैद्धान्तिक छलफलका लागि कम्तीमा एक साता लाग्नेछ । त्यतिन्जेलसम्म शीर्ष नेताहरूले गर्ने निर्णयलाई सत्तापक्षका सभासदले साझा संशोधनका रूपमा दर्ता गराई पारित गर्ने प्रक्रियामा लैजान सक्छन् । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar