कुवेतमा दिनानु दिन भारतीय बाटो हुदै होस वा दलालको सेटिंग मार्फत अवैधानिक रुपमा नेपाली महिलाहरु भित्रिने क्रम अत्याधिक रहेको हामीले देख्न सक्छौ कामदार भिसामा होस या टुरिष्ट भिसा बिभिन्न बहानामा आइरहेका छन ती आएका मध्य धेरै महिला बेचिएका हुन्छन् | बेचिने मध्य भाग्य हुने काममा पुग्छन त केही कोठीमा पुग्छ्न | ती कोठी सञ्चालक बिदेशी नागरिक हुन्छन् भने कोठीमा पुर्याउने नेपाली हुन्छन | यसो अनुमान गर्दा कुवैतमा यस्ता धेरै कोठीहरु सञ्चालन छन जहा धेरै नेपाली महिलाहरु रहने देखिएको छ जसमा फिलिपिनी, इथियोपिया, श्रीलंकन भारतीय पनी हुन्छन् |
अब कुरो ती महिलाको
शुक्रबारको दिन प्राय जसो सबैको छुट्टी हुन्छ कुवैत हुने कार्यक्रमहरु कम हुन थालेका छन जे भए नि यहाका संस्था प्रमुख लगायत केही मान्छेलाई भ्याईनभ्याई हुन्छ हप्ताको एक दिन यहाँ कोही घूमघाममा ब्यस्त हुन्छन् कोही भेटघाटमा हुन्छन् | कुवेतको प्रमुख सिटी मालियामा एक नेपाली पार्क जहा सबैको भेटघाट हुने थलो हो प्राय प्रेमी प्रेमिकाको जोडी भेटिन्छ भने केही सामुहिक छलफल, मीटिंगहरु पनी हुने गर्छ मालियामा | जुन शुक्रबार मालियामा एक जमात थियो नेपाली युबाहरुको सुनियो त्यो समुह यौन प्यास मेट्न कोठी जाने तयारी गरिरहेको रहेछ त्यस पश्चात् बुझ्न मन लाग्यो अनुसन्धानमा लागे |
कुवेतको मंगाफ स्थित घरको एक फ्लाईटमा यस्तो देखियो २४ घन्टा चेलीहरु मालिकको निर्देशन अनुसार मानिस फेरी फेरी ग्राहकलाई खुसी दीइरहेका छन | भारतीय महिला नागरिकले सञ्चालन गरेको त्यो कोठीमा नेपाली ३ जना महिला छन भने एक इथियोपिया एक मद्रासी (भारतीय) महिला र एक श्रीलंकन छन | स्थायी घर धरान बताउने राइ थरकी महिला छिन (अरुलाई तामांग भन्छिन) उनको उमेर ३५ नाघेको छ आँखाले काम गर्न छोडेको छ पावरवाला चस्मा लगाऊछिन ७ महिना अघि मात्र कुवेत आएकी हुन ऊनि काम गर्न भनी आएकी ऊनि सेटिंग नमिलेर ३ दिन सम्म कुवेत बिमानस्थलमा बिताई त्यो घरमा आएकी थीइन अहिले उनको काम यस्तो छ दिनको १० देखि १५ जना सम्म ग्राहकलाई खुसी पार्नु पर्छ उनले अझ शुक्रबार त ग्राहकको घुईचो नै लाग्छ कुनै दिन त समय दिन नसक्ने ऊनि बताऊछिन अहिले सम्म घरबाट बाहिर सम्म निक्लेकी छैनन कती बर्ष यही काम गर्नु पर्ने ऊनि बताऊछिन मालिकको भनाई र यातना त सहनु छ दै छ कोही ग्राहकले त कुटने सम्म गरेको ऊनि बताऊछिन भारतीय नागरिकको घरमा मासिक ७० केडी भनी काम गर्न भारतीय बाटो हुदै ७ महिना अघि कुवेत आएकी हुन | श्रीमानले दोश्री श्रीमती ल्याएपछि घरको कार्यभार सम्हाल्न कुवेत आउनु परेको ऊनि बताउछिन |
ऊनि सगै रहेका अरु युबतीलाई चाही कुवेतका बंगाली नागरिकले बेचेका हो ऊनिहरु कसरी त्यहा पुगे |
आफ्नो घर र नाम खुलेर भन्न नचाहने २ महिलाहरु एकै स्वरमा भन्छन, उनिहरुको पिडा उस्तै छ १ महिला कुवैतीको घरमा काम गर्दा बंगाली नागरिकसग माया प्रेम बसेछ प्रेम गाडा भयो छुट्टीन सकेनन घरबाट भागे दुवै जना लगभग १३ महिना सगै बिताए बंगाली पुरुष मुलुक जाने बेला भयो त उनलाई त्यो कोठीमा लगी बेचेछ उनिसग न हातमा पासपोर्ट छ न बाहिर निस्कन सक्छन कहिले सम्म यस्तो काम गर्नु पर्ने थाहा छैन आफ्ना आफन्त यहाँ कोही छैनन चीनजान कसैसग छैन फोनमा बोल्न पाउदैनन बाध्यता र माया प्रेमले यहाँ सम्म पुर्याएको ऊनि बताउछिन छैन त्यो पुरुष सोही घरमा ड्राइभर थियो | हुनत त्यो ठाउमा आफु खुसी पैसा कमाउन मात्र पनी केही नेपाली महिलाहरु आउने गरेका ऊनिहरु बताऊछन |
यी त उदाहरण मात्र भए यस्ता समस्या र कार्यमा धेरै नेपाली महिलाहरु छन यहाँ कोही बाध्यतामा छन कोही खुसीले यस्तो कार्य गर्दैछन कुवैतमा बंगाली, श्रीलंकन र भारतीय नागरिकले बढी यस्तो काम बढी गरेको पाइन्छ | यस्ता धेरै घटनाहरु नेपाली दुताबास सम्म पनी पुग्ने गरेका छन भने हामीलाई पानी जानकारी हुन्छ | माहोल यस्तो छ जहा नेपाली द्धारा नेपाली फ़साइएका हुन्छन् काही महिलाले पुरुषको लाखौ रुपिया खाएर भागेकी हुन्छिन त काही पुरुषले महिलाको लाखौ रुपिया खाएर भागेका हुन्छन् यस्ता घटना मिलाउन समस्या देखिन्छ कतिपय महिलाले अनैतिक सम्बन्ध राखी बच्चा जन्माएका छन कोहिले यतिकै बाटोमा फाली दिएका घटना सुनिन्छन कुवैतमा यस्ता बच्चाहरु केही ब्यक्तिले पनी राखेका छन | त्यसो त कुवैतमा राम्रो काम, समाज सेवी, राजनीतिग्य, ब्यबसाय गरेर बस्ने महिलाको पनी कमी छैन |
कुवैत लगायत खाडी मुलुकमा नेपाल सरकारबाट नेपाली घरेलु महिला रोक लगाएको भएपनी अझै अवैधानिक रुपमा नेपाली महिलाहरु दिनानुदिन ४/५ जनाको समूहमा भित्रिने क्रम जारी छ यसमा सम्बंधित पक्षले बेलैमा ध्यान दिनु जरुरी छ |



0 comments:
Speak up your mind
Tell us what you're thinking... !