Headlines News :
Home » » अमेरिकामा रोजगारी बढ्यो

अमेरिकामा रोजगारी बढ्यो

Written By Unknown on Monday, August 10, 2015 | 9:45 PM

न्युयोर्क , श्रावण २६ - अमेरिकाले गत जुलाईमा मात्र थप २ लाख १५ हजारलाई काम दिएको छ । रोजगारी सृजना भएपनि बेरोजगारी दर भने ५ दशमलब ३ प्रतिशत नै रहेको उल्लेख छ । अमेरिकी श्रम विभागद्धारा हालै सार्वजनिक प्रतिवेदन अनुसार खुद्रा व्यवसाय, स्वास्थ्य, प्राविधिक र वित्तिय क्षेत्रबाट धेरैले काम पाएका हुन् ।
यसले अमेरिकी अर्थतन्त्र सुधारिदै गएको प्रष्ट हुने विभागको भनाई छ । बिबिसीमा प्रकाशित गरेको समाचार अनुसार गत एक वर्षको अवधीमा थप १४ लाख मानिसले काम पाएको विभागको प्रतिवदेनमा छ । त्यस्तै गत फेब्रुअरीदेखि हप्तामा औसत साढे ३४ घण्टा काम गर्न पाउने व्यवस्था छ, यो अहिलेसम्मकै बढी समय भएको समाचारमा उल्लेख छ ।
काम गर्ने संख्या मात्र नभई प्रतिघण्टा काम गरेवापत दिइने पारिश्रमिकमा पनि शुन्य दशमलब २ प्रतिशत बृद्धि भएको छ । प्रतिवेदनले आगमाी सेप्टेम्बरसम्म भने अमेरिकामा ब्याजदर केही बढ्ने सम्भावना देखाएको छ । आउने केही महिनामा थप २ लाख २५ हजारलाई काम दिइने समाचारमा छ । यसमा उत्पादक र निर्माण क्षेत्रले सहयोग पुर्‍याउने बताइएको छ । यति हुँदा हुँदै पनि बेरोजगारीको संख्या ८३ लाख रहेको छ ।
काम गर्ने समुहमा मुख्य गरी युवा जनशक्तिले बढी काम पाएको हुदां उनीहरुको समुहमा १६ प्रतिशतले बेरोजगारी दर कटौती भएको छ । यसबाहेक अन्य महिला तथा पुरुषमा क्रमश: ४ दशमलब ९ र ४ दशमलब ८ प्रतिशतले बेरोजगारी घटेको ट्रेडिङ इकोनोमिक्स डट कमले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar