Headlines News :
Home » » समुद्रमुनि संसारकै लामो खानेपानी पाइप !

समुद्रमुनि संसारकै लामो खानेपानी पाइप !

Written By Unknown on Thursday, August 13, 2015 | 4:07 AM

समुद्रमा पाइप बिछाएर एक देशबाट अर्को देशमा तेल आपूर्ति गरेको कुरा त सामान्य हो । तर अब भने समुद्रमुनि पाइप ओछ्याएर एक देशबाट अर्को देशमा खानेपानी समेत आपूर्ति हुने भएको छ ।
चीनले कृतिम नदी बनाएर करिव १४ सय किलोमिटर टाढा खानेपानी पिउने पानी पुर्‍याएको केही महिना नबित्दै साइप्रसले पनि त्यस्तै अनौठो परियोजना सम्पन्न गरेको छ ।
टर्कीबाट नर्थ साइप्रसमा खानेपानी आपूर्तिका लागि समुद्रमुनि १ सय ७ किलोमिटर लामो खानेपानी पाइप ओछ्याउने काम पूरा भएको छ ।
बारिस सुयु अर्थात् शान्ती पानी नाम दिइएको उक्त परियोजनाको अन्तिम कार्यका रुपमा पाइपको अन्तिम टुक्रा जडान गर्ने काम टर्किस वन तथा पानी मन्त्री भेसेल इरोग्लुले अगष्ट ७ मा गरे । यो परियोजना अन्तरगत टर्कीबाट उत्तरी साइप्रस टापुमा वर्षेनी ७ करोड ५० लाख क्युबिक मिटर खानेपानी आपूर्ति हुनेछ । उत्तरी साइप्रस टापुले खानेपानीको तिब्र संकट बेहोर्दै आएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar