Headlines News :
Home » » मध्यरातमा सुकुम्बासीको घरमा वागमती पसेपछि

मध्यरातमा सुकुम्बासीको घरमा वागमती पसेपछि

Written By Unknown on Monday, August 17, 2015 | 8:24 AM

३२ साउन, काठमाडौ । नयाँबानेश्वरको शान्तिनगर ओमशान्ति चोक आसापास वागमती किनारमा झण्डै ८ सय परिवार सुकुम्बासीहरुको बसोबास छ । सुकुम्बासीलाई भूकम्पको त डर थिएन भने बाढीले सताउला भन्ने सोचेकै थिएनन् । तर, आइतबार मध्यरातमा उनीहरुको निद्रा भगायो वागमतीको बाढीले ।
सधैंझै मस्तसँग सुतिरहेका यी सुकुम्बासीहरु आइतबार मध्यरातमा बालबच्चा च्यापेर भाग्न बाध्य भए । बैसाखमा भूकम्पबाट ज्यान जोगाउन सफल भएका उनीहरुले मध्यरातमा भूकम्पकै जस्तो भीषण त्राशदी भोगे ।
भिडियो हेर्नुहोस्
आइतबार राति परेको मुसलधारे वर्षासँगै बाग्मती नदीमा आएको बाढीले काठमाडौको तीनकुनेमा सुकम्बासी बस्ती पूरै डुबायो । राति सबैजना सुतिरहेका बेला वागमती नदी थुनिएपछि बाढी सुकुम्बासी बस्तीमा पसेको थियो ।
बाढीले वस्तीसँगै घरका सरसामान डुबाएपछि घरका सबै सामानहरु डुबाएपछि स्थानीयहरु बालबच्च टिपेर भागेका थिए । राति १ बजेदेखि बिहान ६ बजेसम्म पनि बस्ती पुरै डुबानमा थियो ।
‘हामी यहाँ बसेको १५ वर्षभन्दा बढी भयो’, बाढी पीडित बीरबहादुर गुरुङले भने, ‘झण्डै एक महिनाअघि पनि बाढी पसेको थियो, तर त्यो भन्दा अघि कहिल्यै यसरी पसेको थिएन ।’badi at bagmati (15)
बिहान अनलाइनखबरको टोली सुकुम्बासी बस्तीमा पुग्दा त्यहाँको अवस्था दयनीय थियो । कोही सुकुम्बासीहरु घरभित्र पसेको वागमतीको पानी फालिरहेका थिए । पानी के भन्नु, बागमतीको ढल सफा गरिरहेका थिए ।
जथाभावी ‘कज वे’ बनाउँदा बागमती थुनियो
वागमतीमा जथाभावी ‘कज वे’ बनाएर नदीलाई अवरोध गरिएपछि बाढीले क्षति पुर्‍याउने गरेको छ । यसरी नदी थुन्ने काम बबरमहस्थित धोबीखोलामा पनि गरिएको छ ।
badi at bagmati (11)
तीनकुने-माइतीघर सडक चौडा गरिएपछि पुल साँघुरो भएको भन्दै बाग्मतीमा हृयुमपाइप बिछ्याएर ‘कज वे’ बनाइएको थियो । तीन महिनाअघि मात्रै सम्पन्न भएको ‘कज वे’ थुनिएकै कारण एक महिनाअघि पनि तीनकुने आसपासका बस्तीहरु डुबानमा परेका थिए ।
खोलामा सानो निकास राखेर कज वे बनाइएकाले डुबानमा परेको भन्दै स्थानीयले विरोध जनाएका छन् । तर, स्थानीयको विरोधको वेवास्ता गरिँदै आएको छ ।
आइतबार रातिको भीषण वर्षापछि आएको बाढी सोही कज वे थुनिएपछि बस्तीमा पसेको भन्दै सुकुम्बासीहरु आक्रोशित भएका छन् । राति बाढी पसेपछि आफूहरुलाई उद्धार एवं सहयोगका लागि समेत कोही नआएको उनीहरुले गुनासो गरे ।
बस्ती नै डुबाउने गरी ह्युमपाइप राखेर खोला थुनेकाले यस्तो समस्या आएको लामाले बताए । बाग्मतीमा हृयुमपाइप बिछ्याएर बनाइएको बाटो नभत्काएसम्म आसपासका बस्तीहरु डुबानमा परिरहने उनले बताए ।
badi at bagmati (25)
शान्तिनगरस्थित बाग्मतीमा हृयुमपाइप बिछ्याएर बनाइएको कज वे तत्काल भत्काउनुपर्ने शान्तिनगरका बासिन्दाले बताएका छन् ।
आइतबारदेखि आएको बाढीले बिजुलीबजारस्थित धोवीखोलाको कज वे पनि बगाएको छ ।
धोबीखोलामा बनाइएको कज वेकै कारण एक महिनाअघि बिजुली बजार आसपासको क्षेत्रसमेत डुबानमा परेको थियो ।
डुबानपछि स्थानीयको विरोधका कारण बिजुलीबजार पुलको उत्तरमा रहेको कज वे भत्काइएको थियो ।
थप तस्वीर
badi at bagmati (1)
badi at bagmati (2)
badi at bagmati (5)
badi at bagmati (6)
badi at bagmati (7)
badi at bagmati (10)
- See more at: http://www.onlinekhabar.com/2015/08/313245/#sthash.io2pqxYc.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar