४ भदौ, काठमाडौं । गत वर्ष निजी लगानीका ६ जलविद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा ४२ मेगावाट बिजुली थप भएको छ । यससँगै मुलुकको कुल जडित क्षमता जलविद्युत र तापीय गरी ८१३ मेगावाट पुगेको छ । त्यसमध्ये ७६० मेगावाट जलविद्युत र ५३ मेगावाट थर्मल प्लान्ट छन् ।
गत वर्ष सम्पन्न भएका आयोजनाहरुमा २२ मेगावाटको माईखोला, ९.४ मेगावाटको आँधिखोला, पाँ मेगावाटको माथिल्लो हुम्दीखोला, तीन मेगावाटको माथिल्लो पिलुवाखोला, २.२ मेगावाटको जिरीखोला र ५१८ किलोवाटको बेल्खुखोला रहेको नेपाल विद्युत प्राधिकरणल जनाएको कारोबारमा खबर छ ।
गत वर्ष विद्युतको माग साढे सात प्रतिशत बढेर एक हजार २९१ मेगावाट पुगेको छ ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !