Headlines News :
Home » » बालुवाको घर

बालुवाको घर

Written By Unknown on Friday, August 14, 2015 | 8:32 AM

कुवेत सिटीको मालिया स्थित भिभा गोवा रेष्टुरेन्टमा पत्रकार तोयानाथ दाहालको दोश्रो कृति बालुवाको घर” नामक कथा संग्रह बिमोचन भएको छ। 

कोहबरा-७ झापामा जन्मेका तोयानाथ दाहाल एकदशक देखी खाडी मुलुक कुवेतमा कार्यरत छन । दाहाल कुवेतमा निरन्तर बालुवालाई सुन बनाई रहन्छन तर अरु कामदार जस्तै उनी आफुले आजसम्म सुन भने पाएका छैनन । दाहालले त्यस्ता बिषयलाई कथा बनाएका छन र तयार परेका छन बालुवको घर। कुवेतमा प्रकाशित हुने एक मात्र छापा पत्रिका मरूभूमिको कोसेली र अनलाइन पत्रिका नेपालकुवेत डट कमको प्रधान सम्पादक दाहालले यो भन्दा पहिले पनि आफ्नोप्रबासका सुस्केराहरु” कविता कृतिको रूपमा १ वर्ष अगाडि मात्रै बजारमा ल्याएका सर्जक दाहालले प्रवाशी जीवनका उतार चढाबलाइ कविता संग्रहमा प्रस्तुत गरेका थिए ।



बिमोचन समारोहको अध्यक्षता किसोर शर्माले गर्नु भएको थियो भने प्रमुख अथिती नेपाली दूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल, NRNA कुवेतका अध्यक्ष धर्मराज गिरी, माउन्ट एभरेष्ट स्पोर्टटिङ क्लबका अध्यक्ष जय आले लगायत कुवेतमा कार्यरत नेपाली सघ संस्था समाजसेवी, बुद्धिजीवी पत्रकारहरु सहभागि रहेका थिए । उक्त समारोहमा राजदूत हमाल लगायत बिभिन्न ब्यक्तीहरुले शुभकामना मन्तब्य दिएका थियो भने बालुवाको घर” नामक कथा संग्रहको समिक्षा विस्व साहित्य महासंघ कुवेतका अध्यक्ष अमित राइ र ICC कोडिनेटर सुजन केसीले गर्नु भएको थियो | 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar