भारत र चीनले लिपुलेकलाई व्यापारीक नाका बनाउने समझदारीको विरोधमा विप्लव माओवादीले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधवार शान्तिवाटिकाबाट शुरु भएको प्रदर्शन र्याली सुन्धारा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीको हस्तक्षेपपछि दोहोरो झडप हुँदा विप्लव माओवादीका १० कार्यकर्ता घाईते भएका छन् । त्यस्तै २८ नेता–कार्यकर्ता पक्राउ परेको विप्लव माओवादीका केन्द्रीय सदस्य अनिल शर्माले बताए ।
प्रहरीले तीलक परियार, लाल बहादुर विसीलगायतका नेता कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ ।
चीन र भारत दुवै देशका परराष्ट्रमन्त्री बुधबार नै नेपाल आउन लागेको हुनाले ध्यानकार्षणका लागि प्रदर्शन गरेको विप्लव माओवादीका एक नेताले बताए । साभारः रातोपाटी
Home »
international
» विप्लव माओवादी र प्रहरीबीच सुन्धारामा झडप
विप्लव माओवादी र प्रहरीबीच सुन्धारामा झडप
Written By Unknown on Thursday, August 13, 2015 | 4:32 AM
Labels:
international








0 comments:
Speak up your mind
Tell us what you're thinking... !