Headlines News :
Home » » दलहरुबीच सात प्रदेशमा सहमति, यस्तो हुने भयो सीमाङ्कन

दलहरुबीच सात प्रदेशमा सहमति, यस्तो हुने भयो सीमाङ्कन

Written By Unknown on Saturday, August 22, 2015 | 7:05 AM

काठमाडौँ : फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विमतिका बावजुद प्रमुख तीन दलले सात प्रदेशमा सहमति गरेका छन्। विशेष समितिका संयोजक बाबुराम भट्टराईले पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिएका हुन्। उनका अनुसार परिमार्जित सिमाङ्कनमा पहिले कै बमोजिम १ र २ नम्बरका प्रदेश रहने भए पनि राजधानीसहितको ३ नम्बरको प्रदेशमा पर्साको ठोरी गाविसलाई राखिएको छ। त्यसैगरी प्रदेश ६ लाई दुई भागमा बाँडिएको छ। यस अनुसार कर्णाली नदीको पूर्व एक प्रदेश र पश्चिममा अर्को प्रदेश हुनेछ। यसमा एमाओवादीका तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले फरक मत राखेका छन्। उनले नवलपरासीदेखि कञ्चनपुरसम्म थारु बाहुल्य क्षेत्रमा एकै प्रदेश हुनुपर्ने मत राखेका थिए। धर्म निरपेक्षता र थ्रेसहोल्डको विषयमा केही सहमति हुन नसकेको भट्टराईले बताए। यसलाई संशोधन प्रस्ताव राखी मतदानबाट टुङ्ग्याइने भएको छ।  साभार - 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar