२७ साउन, काठमाडौं । गिनिज इन्टरनेसनल उमाविले प्रथम उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा भएको फाइनलमा जिनिजले ग्लोरी इङलिस बोर्डिङ स्कुललाई ३०४-२३२ अंकले पराजित गर्यो ।
जितमा सजन यादवले सर्वाधिक १०६ अंक योगदान गरे । त्यस्तै देशान्त निरौलाले ६४, महेश टमाटाले ४९, सन्जिव दाहालले ४१ तथा विजय थापाले ४४ अंक जोडे ।
तेश्रो स्थानका लागि भएको खेलमा आइडियल उमाविले सन्जिवनी वैकल्पिक उमाविलाई २९०-१८० ले हरायो । आइडियलका अल्विस राना मगरले सर्वाधिक ८५ अंक बटुले ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
परम्परागत तथा मौलिकता बोकेका खेललाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले राखेपद्वारा आयोजित दुईदिने प्रतियोगितामा उपत्यकाका ९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !